२०८२ चैत २ गते | 16th of March 2026

प्रधानमन्त्री ओली अमेरिकामा

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ७ गते २३:२१

न्यूयोर्क – प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा आईपुगेका छन । संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आईतबार बिहान न्यूयोर्कको जेएफके एअरपोर्टमा अवतरण भएका छन । भ्रमणमन्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल लगायतको २० सदस्य छन । 

जेएकके एअरपोर्टमा अमेरिकाको लागि नेपाली राजदुत अर्जुन कार्की, एनआरएन अमेरिका प्रतिनिधीहरु, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा, निर्बतमान अध्यक्ष सन्जय थापा, प्रवासी नेपाली मन्चका महासचिव राधाकृष्ण देउजा लगायतका नेपाली समुदायका प्रतिनिधीहरु बिमानस्थलमा पुगेका थिए ।

 

राष्ट्रसंघको महासभामा भाग लिन आउनुभएका प्रधानमन्त्री ओाली आगामी २९ तारिखसम्म न्यूयोर्कमा रहनेछन । अमेरिकामा रहंदा ओलीले राष्ट्रसंघमा सम्बोधनका साथै अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प देखी बिभिन्न देशका राष्ट्रप्रमुखहरुसंग भेटघाट गर्ने र नेपाली समुदायलाई सम्बोधन गर्ने समेत कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *