२०८२ फागुन २७ गते | 11th of March 2026

‘चेन्ज योर फ्युचर’ सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ३० गते ११:२५

न्यूयोर्क – जीवन सँग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी जीवनका पाना पानालाई केलाएर तयार पारिएको बहु प्रतिक्षित पुस्तक चेन्ज योर फ्युचर सार्वजनिक भएको छ । चेन्ज योर फ्युचर लाई न्यूयोर्क निवासी चर्चित युबा लेखक राजन थपालिया र एन आर एन अमेरिकामा पूर्व बरिष्ठ उपाध्यक्ष तथा युबा नेता कृष्ण पोख्रेल द्वारा लेखिएको कृती हो। उक्त किताब को कभर आर्ट लन्डन निबासी निकै लोकप्रिय डिजाइनर एम. एम. रैनी ले गरेकि हुन। उक्त किताबको कभर तस्बिर ले नै जीवन प्रतिको आशा उत्साह र परिवर्तन को झझल्को दिन्छ।

२५६ पेज रहेको उक्त पुस्तकमा १२ वटा खण्डहरु रहेका छन। किताबमा जीवनका दर्शन देखि, यौन्, विवाह, प्रेम , स्वास्थ , ब्यायम्, अमेरिकामा स्थापित हुने, राम्रा बिश्व बिद्यालयहरु छान्ने तरिका देखि जीवनको कुन उमेरमा के गर्ने भन्ने समेत हरेक पाटोलाई सरल ढंगबाट केलाईएको उक्त किताब अनन्त सार्वजनिक भएको छ। जीवन प्रतीको कर्तब्य साथै, घर मै बसेर पनि आयआर्जन गर्ने सकिने तरिकाहरु देखी सफल हुने हरेक बिषयलाई समेटिएको छ। उक्त पुस्तक अनुसन्धान मूलमा आधारित पुस्तक हो । बिशेष गरेर अमेरिकाको हरेक राज्यमा घर पुर्याउने (होम डेलिभरी) को सुबिधा पनि उपलब्ध छ । केहि दिन पछी उक्त किताब अ्मेजन मार्फत बिश्वभर का पाठकहरुले मगाउन सक्ने छन। उक्त पुस्तकलाई केपी म्यानेजमेन्ट र न्यूयोर्क सिटी पोस्टले बजारमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *