२०८१ वैशाख २१ गते | 3rd of May 2024

टोडलर्स स्कुलमा भव्यतापूवर्क स्पोटर्स डे कार्यक्रम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २१ गते ४:३३

काठमान्डौं – राजधानीको बौद्ध आनन्दपुरमा रहेको टोडलर्स स्कुलको स्पोटर्स डे कार्यक्रम भव्य तरिकाले शनिवार स्कुल प्रागंणमा सम्पन्न भयो । शुक्रवार तथा शनिवार गरी दुई दिन संचालित कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा १ सम्मका विद्यार्थीहरुले विभिन्न ज्ञानवद्र्धक तथा मनोरञ्जनात्क खेलमा सहभागिता जनाएका थिए । त्यस्तै विद्यार्थीका अभिभावकहरुलाई पनि विविध मनोरञ्जनात्मक खेलमा सहभागी गराइएको थियो ।

विजयी विद्यार्थी तथा अभिभावकलाई स्कुलका अध्यक्ष टिजी श्रेष्ठ, प्रबन्ध निर्देशक गजेन्द्र कुमार लामा, संचालक समिति सदस्य सोनाम श्रेष्ठ, प्रिन्सिपल सुवास लामा, एकेडेमिक डाइरेक्टर रञ्जन कायस्थ लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाका अतिरिक्त खेलकूदमा समेत संलग्न गराई शारीरिक तथा मानसिक रुपमा चुस्त दुरुस्त राख्न कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल लामाले बताउनुभयो ।

आगामी दिनमा अझ व्यवस्थित ढंगले स्पोर्टस् डे कार्यक्रम संचालन गरिने जानकारी पनि प्रिन्सिपल लामाले दिनुभयो । टोडलर्स स्कुल अन्तर्राष्ट्रिय मन्टेश्वरी काउन्सिल (आइएमसी)को सदस्यता प्राप्त नेपालको एक मात्र स्कुल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *