२०८२ पुष १० गते | 25th of December 2025

नेविसंघमा भांडभैलो, देउवा पक्षिय उपाध्यक्ष र महामन्त्री अध्यक्षको विपक्षमा

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर १ गते १७:५०

काठमाडौं – नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको विवाद देउवा पक्षीय विद्यार्थीहरुले नै छताछुल्ल पारेका छन्। देउवा पक्षीय मानिने ३ विद्यार्थी नेताहरुले शनिबार एक विज्ञप्ती जारी गरी अध्यक्ष नैनसिंह महरको नेतृत्व क्षमता प्रति प्रश्न चिह्न उठाइएका हुन् । नेविसंघका उपाध्यक्ष द्वय सञ्जय थापा र विकास केसी तथा महामन्त्री सरोज कुमार थापाद्वारा हस्ताक्षर गरिएको सो विज्ञप्तीमा नेपाल विद्यार्थी संघलार्इ चलायमान बनाउन, बैचारिक राजनीतिक एवं शैक्षिक मुद्दामा पुन उर्जावान बनाउनको लागि यो नेतृत्व असक्षम रहेको दाबी गरेका हुन् । 

उनीहरुले अराजकता अनुशासनहीनता तथा आर्थिक अनियमिततामा फसेको नेविसंघलार्इ स्वच्छ र निष्पक्ष बनाउनको लागि नयाँ सिराबाट अघि बढ्नुपर्ने आवश्यकता औल्याएका छन् । उनीहरुले विवादित रहेका ११ जिल्लाका अधिवेशन ३ महिनाभित्र गरिसक्नको लागि पार्टीले दिएको निर्देशन पूरा गर्न नसकेको ११ औ महाधिवेशनबाट पूर्ति हुन नसकेका पदहरु पूर्ति गर्न नसकेको लगायतका आरोप लगाएका छन्, हाम्राकुराले लेखेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *