२०८२ चैत ६ गते | 20th of March 2026

राष्ट्रसंघका लागि नेपाल नियोग प्रमुखमा अमृत राई नियुक्त

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २३ गते १९:२४

न्यूयोर्क – नेपाल सरकारले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोग प्रमुखमा परराष्ट्र मन्त्रालयका सहसचिव अमृतकुमार राईलाई नियुक्त गरेको छ। यसअघि दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत रहेका राईलाई कार्यकाल पुरा नहुँदै फिर्ता बोलाइएको थियो।

प्रधानमन्त्री ओली निकट मानिने राईलाई फिर्ता बोलाइएपछि उनी त्योभन्दा लाभदायक पदमा जाने आँकलन गरिएको थियो । राईले यसअघि न्युयोर्कस्थित नियोगमा काम गरिसकेकाले उनी त्यहाँ नियोग प्रमुख भएर जाने अनुमान नै धेरै थियो । सरकारले तत्कालिन नियोग प्रमुख दुर्गाप्रसाद भट्टराईलाई कार्यकाल पूरा हुन एक महिना अगावै फिर्ता बोलाएको थियो ।

स्रोत : ह्वाईटहिमाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *