२०८३ असोज २८ गते | 14th of October 2026

पत्रकार रोशन अधिकारी एनआरएनए बोर्ड अफ डाईरेक्टरका उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख २ गते १९:१७

सानफ्रान्सिस्को – एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका वर्तमान सचिव तथा पत्रकार रोशन अधिकारीले आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा बोर्ड सदस्य पदमा उम्मेद्वारी दिएका छन । एक दशक भन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार रोशन अधिकारीले कर्म क्षेत्र सानफ्रान्सिस्कोमा न्यान्स लगायत बिभिन्न संघ-संस्थामा रहेर काम गरिसकेका छन ।

सामाजिक सेवामा समय बिताउन रुची राख्ने अधिकारी एनआरएन अमेरिकाको क्यालिफोर्निया राज्य च्याप्टरको वर्तमान सचिवको रुपमा कार्य सम्पादन गर्दै अमेरिकामा रहेका नेपालीहरुलाई संगठित पार्दै सबैको हक, अधिकार सुनिश्चित बनाउँदै साझा संस्थाको रुपमा विकास गराउनका लागि आफूले एनआरएन अमेरिकाको कार्यसमिती सदस्य पदमा दिएको उम्मेद्वारी बताउंछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *