२०८३ वैशाख १८ गते | 1st of May 2026

नीर शाह, झरनादेखि जीवन सहित एक दर्जन चर्चित कलाकार कांग्रेसमा प्रवेश

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १४ गते ३:३०

काठमाडौं – नेपाली कला क्षेत्रका एक दर्जन कलाकार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । देशमा कम्युनिस्टको बहुमतको सरकार, सबै क्षेत्रमा कम्युनिस्ट हाबी रहेका बेला कलाकारहरु भने प्रजातान्त्रिक पार्टी कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले आफ्नो आधिकारीक फेसबुकमार्फत नेपाली फिल्म उद्योगका बहुचर्चित कलाकार नीर शाह, धिरेन शाक्य, झरना थापा, जीवन लुइँटेल, पार्वती राई लगायत कांग्रेसमा प्रवेश गरेको कुरा पोस्ट गरेका छन ।

उनीहरुसहित १५० जना कांग्रेसमा प्रवेश गरेको सिंहले उल्लेख गरेका छन । कलाकारको प्रवेशबाट कांग्रेसलाई थप टेवा पुग्ने सिंहले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *