२०८१ वैशाख २४ गते | 6th of May 2024

एनआरएनए अमेरिकाको आकस्मिक बैठक बस्दै

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १७ गते १०:५९

लस एन्जलस – दुरबिन नेपालले एनआरएनए अमेरिका, अमेरिकाज क्षेत्रका संयोजक गौरीराज जोशी र एनआरएनए अमेरिकाका अध्यक्ष डा. पौडेलको बिरुद्धमा चुनावी मुद्दाका चार बिषयहरु उल्लेख गर्दै अदालतमा मुद्दा परेको समाचार सार्वजानिक गरेपछी एनआरएन अमेरिकाको आकस्मिक बैठक बस्दैछ । निर्वाचनको संघारमा असोचनीय पाराले अदालतमा मुद्दा दायर भएपछी अदालतले सात दिनभित्र मागेको जवाफका बारेमा छलफल गर्न आकस्मिक बैठक बस्न लागेको एनआरएए अमेरिकाकी एक बोर्ड सदस्यले बताईन । ‘मुद्दा परेको हल्ला छ, यसबारे छलफल गर्न आज कार्यसमितिको आकस्मिक बैठक बस्ने भनिएको छ’ ती सदस्यले बताईन ।

एनआरएए अमेरिकामा सबैभन्दा बढी मुद्दा दायर गर्ने संस्थाकै पुर्व उपाध्यक्ष रबिना थापा र उनका श्रीमान नारायण थापाले चुनावी बिषयलाई लिएर एनआरएन अमेरिकाको आसन्न निर्वाचन स्थगित गराउन दायर गरेको समाचार दुरबिन नेपालमा प्रकाशन भएपछी एकाएक नयाँ तरंग सिर्जना भएको छ । चुनावी संघरमा यसचोटी पनि दायर् भएको मुद्दा असोचनीय भएको बिचार आसन्न निर्वाचनका दुई बलिया प्रत्यासी वरिष्ठ उपाध्यक्ष सुनील साह र सुर्य लम्सालले जनाएको दुरबिन नेपालले जनाएको छ ।

आसन्न निर्वाचनका लागि अध्यक्ष पदका बलिया प्रत्यासी तथा एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील साह आफ्नी चुनावी दौरानमा हिजो मात्र बाल्टिमोर पुगेर फर्किए लगत्तै बाल्टिमोर निवासी थापा दम्पतीले मुद्दा दायर गरेका छन । अध्यक्षका प्रत्यासीहरु सुर्य लम्साल र संजय थापा पनि हिजो मात्रै कोलोराडोमा आयोजित डिबेट कार्यक्रम सकेर न्यूयोर्क पुगी पसिना पुछ्न नभ्याउंदै आफुलाई अध्यक्ष निर्वाचन गराउने चुनावको विरुद्धमा मुद्दा परेको खबर सुन्नुपरेको छ । चुनावी कार्यक्रमकै सिलसिलामा साह भने अहिले पनि न्यूयोर्क क्षेत्रमै भेटघाटमा ब्यस्त छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *