२०८२ फागुन २९ गते | 13th of March 2026

एनआरएनमा चुनावी रन्को : आचार्य यो साता न्यूयोर्क, डालस र टोरन्टो पुग्दै

खुल्लामन्च
 प्रकाशित: २०७६ साउन २८ गते १५:५४

अमेरिका – आउंदो अक्टोबर महिनामा काठमाडौँमा हुन गैरहेको गैर आवासीय नेपाली संघको विश्व सम्मेलन अघि एनआरएनमा चुनावी रन्को शुरु भएको छ। केन्द्रिय अध्यक्ष पदका लागि उम्मेदवारी दिने जनाएका संघका उपाध्यक्ष कुल आचार्यले यो साता अमेरिका र क्यानडाको भ्रमण गर्दै छन्। आचार्य बुधबार न्यूयोर्क, बिहीबार डलास तथा शुक्रबार टोरन्टो पुग्ने कार्यक्रम रहेको बताइएको छ।

“हामी एनआरएन अभियानको महत्वपूर्ण चरणमा आइपुगेका छौं । आउने नयां नेतृत्वले अहिले सम्मका उपलब्धिहरुलाई संस्थागत गर्दै आगामी दिनहरुका लागि ठोस र दूरदृष्टिपूर्ण योजना ल्याउनु पर्नेछ। त्यसका लागि बलियो एनआरएन र डाइनामिक नेतृत्व आवश्यक छ। यिनै विषयमा छलफल गर्न म अमेरिका र क्यानाडा जान लागेको हुं,” आचार्यले भने। 

संघका अर्का उपाध्यक्ष कुमार पन्तले पनि आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने बताइसकेका छन् । तर अहिले विभिन्न मुलुकहरुमा गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय समितिहरुको चुनाव भै रहेकाले उम्मेदवारहरुको औपचारिक चुनावी अभियान सेप्टेम्बर महिना देखि मात्रै शुरु हुने अपेक्षा गरिएको छ।

आउँदो अक्टोबर १३ देखि १६ तारिख सम्म काठमाडौँमा हुन गैरहेको नवौं विश्व सम्मेलनले नयां नेतृत्व चयन गर्ने छ। संघका वर्तमान अध्यक्ष भवन भट्टले भने दोश्रो कार्यकालका लागि चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *