२०८१ वैशाख १८ गते | 30th of April 2024

वाणिज्यदुत शेर्पा, एनआरएनए आईसिसी सह-कोषाध्यक्ष पदका उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ ६ गते २०:०६

सियाटल –  वाशिंगटन राज्य, सियाटल क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक वाणिज्यदुत तथा चर्चित पर्यटन ब्यवसायी एसी शेर्पा गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टुवर १५-१७, २०१९ काठमान्डौंमा हुने नवौं विश्व सम्मेलनमा सह-कोषाध्यक्षका लागि उम्मेदवार हुने भएका छन्।

२०१५-२०१७ को एनआरएनएनए कार्यकालमा अमेरिकाज क्षेत्रको क्षेत्रिय उपसंयोजक शेर्पा नेपालको पूर्वी पहाडी जिल्ला, गेटवे अफ सगरमाथा भनेर चिनिने सोलुखुम्बुमा जन्मिएका शेर्पा सानै उमेरमा आफना दाजुसँग अमेरिका आएका हुन् । अमेरिकाको अध्ययन सकेर स्टेट अफ वाशिङटन, सियाटल शहरमा पर्यटन र अन्य ब्यबसायमा लागेका शेर्पा सफल ब्यबसायी भएका छन् । शेर्पाको ब्यबसाय अमेरिका र क्यानाडा दुवै देशमा मात्र होईन, नेपालमा पनि छ ।

उसो त एसी शेर्पाले सफल हिमाल आरोही मात्र होइन नेपालको सगरमाथा र विश्वका सात चर्चित हिमालहरु सेभेन समिट समेत सफलाता पूर्वक आरोहण गरेका छन् । गैरआवासीय नेपाली संघको झण्डालाई सगरमाथाको चुचुरोमा फहराउन सफल पहिलो गैरआवासीय नेपाली पनि हुन, एसी शेर्पा । विश्वका ७५ भन्दा धेरै देशका लागि हिमाल आरोहणका लागि प्रशिक्षक शेर्पा सेभेन समिट फाउण्डेशनका अध्यक्ष, रियल स्टेट, पर्यटन र अन्य व्यवसायका सफल ब्यबसायी हुन ।

जन्मथलो सोलुखुम्बु र सिन्धुपाल्चोकमा गरेर करिव ४ करोड नेपाली रुपैयाँ भन्दा धेरै सामाजिक बिकासमा योगदान गरेका शेर्पाको गैरआवासीय नेपाली संघमा पनि अनगिन्ती सहयोग गरेका छन । शेर्पाको एनआरएनएमा पदिय जिम्मेवारी भने २०१३-२०१५ कार्यकालमा अमेरिकाबाट आइसीसी सदस्यहुँदै सुरु भएको हो । २०१५-२०१७ मा उनी अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक थिए ।

शेर्पा एनआरएनए आईसीसीको आगामी कार्यकालका लागि सह-कोषाध्यक्ष पदका उम्मेदवार हुने भएका छन ।

शेर्पाले एनआरएनएमा आगामी दिनमा गर्ने योजनाका केही अंशहरु :

१. नेपाल सरकारका अवैतनिक बाणिज्य दूत समेत रहेका शेर्पाले गत जुलाई २०१९ मा पहिलो पटक नेपाली र अमेरिकन ब्यबसायीहरुको बिजनेश कोलाबरेशन नामको एक दिने सम्मेलन सम्पन्न गरेका छन्b। यसबाट थुप्रै योजनाहरु आएका छन्b। यो कार्यक्रम अन्य देश र ठाउँमा पनि नेपालमा लगानी र नेपाली उत्पादनको निर्वायतको लागि गर्ने भएका छन्b।

३. अब अर्को बेग्लै तर पहिलो पटक नेपाली डायस्पोरा ब्रेनगेन कार्यक्रमको आयोजना गर्दैछन्, शेर्पा । यसको बिस्तृत कार्यक्रम भने पछि दिने बताउंछन ।

४. दश लाख भन्दा धेरै नेपाली किशोर-किशोरीहरु विदेशमा छन् । उनीहरुको लागि बेग्लै कार्यक्रम बनाएर गैरआवासीय नेपाली संघ र नेपालको हितमा लगाउने अर्को कार्यक्रम छ, एसी शेर्पाको । यसबाट संघ र नेपालको पर्यटन दुवै क्षेत्रमा यकैपटक टेवा पुग्नेछ ।

५. गैरआवासीय नेपाली संघमा २०१३ देखि २०१७ को कार्यकालमा १ अरब भन्दा धेरै श्रोत बिकास भएको थियो । ५० करोड भन्दा धेरै रकम संघको खातामा थियो । तर २०१७-२०१९ को कार्यकालमा आउँदा भने त्यो घटेर नेगेटिभ ब्यालेन्स भयो भन्ने सुनिएको छ । संघका कोषाध्यक्षको काम कोषको संचालन र कन्ट्रोल हो । सह-कोषाध्यक्षको काम कोषाध्यक्षसंग काम गर्ने हो । तर बिधानमा लेखिएका भन्दा धेरै काम पनि संघको हितमा गर्न सकिन्छ भन्ने विश्वास शेर्पाको छ । त्यसैले अब संघमा आर्थिक अनुसाशन, पारदर्शिता र श्रोत बिकास भन्ने तीन महत्वपूर्ण कुरा लिएर एसी शेर्पा आएका छन् । यी प्रत्येक बुँदाहरु भित्र बिस्तृत योजना र कार्यान्वयनका तरिकाहरु पनि छन्, शेर्पासँग ।

यसबाहेक अरु धेरै नियमित र पदिय भन्दा बाहिरका काम पनि गर्ने योजना छ, उनको । सोझो र ठाडो मनका धनी एसी शेर्पा घुमाउन र अल्झाउन जान्दैनन् । प्रष्ट, कडा र सोझो रुपमा प्रस्तुत हुने कारण उनीबाट अरुले धोका पाउँदैनन भन्छन, उनका नजिकका व्यक्तिहरु ।

स्रोत : हलीवूडखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *