बाल्टिमोर – मेरिल्यान्ड नेपाली समुदायका अग्रज व्यक्तित्व तथा बानाका संस्थापक सदस्य गणेश मलेगो एक बर्षदेखि बिरामी परेर बेरोजगार भई कमजोर आर्थिक अवस्थाबाट गुज्रिनु भएकोले उहाँको सहयोगको लागि गो फण्ड शुरु गरिएको छ । मेरिल्यान्डको बाना संस्थाले गो फण्ड मी खोलेर सहयोगको याचना गरेको छ ।
नेपालमा पाल्पाको तानसेन घर भएका मलेगो तिस बर्षदेखि अमेरिकाको बाल्टिमोरमा बसोबास गर्दै आउनु भएको छ । एक बर्षदेखि बेरोजगार हुनु भएको र अझै केही समय स्वास्थ उपचार गराईरहनु पर्ने भएकोले उहालाई आर्थिक सहयोगको जरुरी परेको हो ।
तिस बर्षको बसाईमा मलेगोले बाल्टिमोरमा रहेका नेपाली र नेपाली संघ संस्थामा सधै सहयोग गर्दै आउनु भएको थियो । अबिबाहित मलेगोको आफ्नै परिवार यहाँ नभएको अवस्था छ ।
मलेगोको सहयोगका लागि कृपया यो लिन्कमा क्लिक गर्नुहोला ।
बानाका संस्थापक सदस्यहरु मध्येका एक सदस्य तथा सधै समाजसेवामा सक्रिय रहने मलोगोको सहयोगमा सबै नेपालीहरु एक हुनुपर्ने भएको छ । सबै मिलेर मलेगोको यो दु:खमा हातेमालो गरौं ।
“मलेगो दाईले यहाँको नेपाली समाजलाई धेरै योगदान गर्नुभएको छ । सबैले सक्दो सहयोग गरौँ।” यस क्षेत्रका लागि नेपाल सरकारका महाबाणिज्यदुत तथा बरिष्ठ लोक गायक प्रेमराजा महतले बताए ।
‘बाल्टिमोर नेपाली समाजका पिता मलेगो बुवाको लागि हामी लागिपरेका छौं । बानासंग संयोजन गरेर बुवाको सहयोगका लागि कुनै कसुर बांकी राख्दैनौं’, एनआरएनए अमेरिकाका उपाध्यक्ष कृष्णजिवी पन्तले बताए ।
यसैगरी एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीले तीस बर्ष नेपाली समाजको सेवा गरेका मलेगो बुवाको लागि छोरा-छोरी सरहका हामी आफ्नो कर्तव्यपरायणमा लागिपर्ने बताए ।
स्रोत : नेपालीज डायस्पोरा