के हो एमसीसी ? के अमेरिकी सेना नेपाल जानै लागेका हुन् त ?
खुल्लामन्च
प्रकाशित: २०७६ माघ १० गते १२:१८
टेक्सास – बहुचर्चित अमेरिकी सहयोग कार्यक्रम एमसीसी अमेरिकाको चाहनामा भन्दा पनि नेपालको पहलमा शुरु भएको अमेरिकाको लागि पुर्व नेपाली राजदुत डाक्टर शंकर शर्माले बताउनुभएको छ । अमेरिकाको भ्रमणमा रहनुभएका डाक्टर शर्माले पत्रकार सूर्य थापासंग कुरा गर्दै एमसीसीको शुरुवात देखी हालसम्मको प्रगतीको बारेमा बिस्तार गर्नुभएको छ । सन् २००२ मा तत्कालीन प्रधानमन्त्री सहित आफु पनि अमेरिकाको भ्रमणमा आउंदा नेपाललाई सहयोग गर्न गरिएको आग्रह पश्चात नै एमसीसी नेपालमा शुरु भएको उंहाले बताउनुभएको छ ।
सन् २०११ मा आफु अमेरिकाको राजदुत हुंदा गरेको पहल र एमसीसी नेपालमा लागु हुंदाका क्षणहरुमा पनि कार्यक्रममा डाक्टर शर्माले बिस्तारमा बताउनुभएको छ । एमसीसीको बिरोध धेरैले नबुझेरै गरेकोमा अचम्म मान्दै डाक्टर शर्माले यस प्रकारका सहयोगको बिरोध हुंदा अन्य देशबाट आउने ठुला सहयोगहरुलाई असर पर्न सक्ने खतरा समेत औल्याउनुभएको छ । यो सहयोगबाट नेपालमा सेना जान्छ भन्ने जस्ता हल्ला गर्नु एमसीसीको अध्यन बिना नै बोलेको कुरा भएको उंहाको भनाई छ ।
डाक्टर शर्मासंग सुर्य थापाले गर्नुभएको भिडियो कुराकानी :