२०८१ वैशाख १५ गते | 27th of April 2024

नेजाको अधिवेशन स्थगित

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत ३ गते २:०१

अमेरिका – नेपाल अमेरिका पत्रकार संघ(नेजा)को अधिवेशन स्थगित भएको छ । आगामी मे महिनाको २-३ तारिख न्यूयोर्कमा सम्पन्न हुन गईरहेको नेजाको अधिवेशन संसारभर फैलिईरहेको कोरोना भाईरसको संक्रमणका कारण स्थगित गरिएको छ ।

नेजाका सल्लाहकारहरुसंगको आज विहानको बैठक तथा कार्यसमितिको आज बेलुकीको बैठकले ‘स्थिति सामान्य भएर अर्को सुचना नआउन्जेलका लागी’ अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

बैठकले संस्थाको सदस्यता वितरण, नविकरण तथा स्मारिका प्रकाशन लगायतका क्रियाकलापहरुको अवधी नथप्ने निर्णय गरेको छ ।

स्थगित अधिवेशनका बारे संस्थाका महासचिव किरण मरहठ्ठाद्वारा प्रेषित वक्तव्य :

अत्यन्तै जरूरी प्रेस विज्ञप्ती

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौ अधिवेशन तथा १४ औं बार्षिक साधारण सभा आउँदो मे २ र ३ तारिक न्यूयोर्कमा गर्ने गरि सबै तयारीहरु तीब्र रुपमा अघि बढिरहेको सन्दर्भ यहाँहरु सबैमा अवगतनै छ । तर विश्वभरि स्वास्थक्षेत्रमा फैलिएको महामारी कोरोना भाइरसले यतिखेर जनस्वास्थ, आर्थिक, सामाजीक क्षेत्रमा निकै ठूलो असर पारिरहेको छ । हालसम्म यो रोगको उपचार विधि, खोपनै चिकित्सकहरुले पत्ता लगाउन सकिरहेका छैनन् ।

यही रोगसँग लड्नका लागि अमेरिकी सरकारले घोषणा गरेको स्वास्थक्षेत्रको संकटकाल, सभा सम्मेलनहरु नगर्न दिएको निर्देशनबाट पनि हामीहरु कोही पनि अनविज्ञ छैनौ । नेजाको अधिवेशनको तयारी अन्तिम चरणमा पुगिसकेको अवस्थामा गत सातादेखिनै नेजाका सदस्यहरु, सल्लाहकार, सरोकारवाला सबैबाट स्थगित गर्न सामाजीक सञ्जाल, फोनबाट पटक पटक अनुरोध आइरहेको व्यहोरा पनि जानकारी गराउन चाहन्छौँ ।

यस्तो अवस्थामा अधिवेशन गर्नु वान्छनीय भए नभएको विषयमा परामर्शका लागि मार्च १५ तारिक बिहान सल्लाहकारहरु सम्मिलत बैठक र साँझ सम्पन्न कार्यसमितिको बैठकले ‘कोरोना प्रकोप नियन्त्रणमा नआएसम्म र सरकारले सभा सम्मेलन गर्न स्विकृती प्रदान नगरेसम्मका लागि स्थगित गर्ने’ निर्णय गरेको जानकारी गराउन चाहन्छौँ ।

नेजाका नयाँ सदस्यताको लागि दरखास्त दिने समय आजै साँझदेखि बन्द भएको छ । सदस्यता नवीकरण भने मार्च ३१ सम्म गर्न सकिनेछ ।

‘प्रयास’ स्मारिकाको काम भने नियमित रुपमा समितिबाट अघि बढिरहने भएकोले लेख रचनाका लागि पुनः आव्हान गर्न चाहन्छौ ।

प्रतिकुल अवस्थाका कारण अन्तिम समयमा आएर अधिवेशन स्थगित गर्नुपरेको कारण पर्न गएको असर प्रति नेजा कार्यसमिति क्षमाप्रार्थी छ । यो महामारी चाँडै नियन्त्रणमा आउनेछ र अधिवेशन गर्न सहजता आउनेछ भन्ने विश्वास नेजा कार्यसमितिले लिएको छ ।

यस अघिको प्रेस रिलिजमा नबिकरण मिति मार्च १५ हुन गएकोमा सच्चाईएको छ । पुराना सदस्यले मार्च ३१ तारिक सम्म नबिकरण गरि सक्नुहुनअनुरोध गरिन्छ ।

मितिः मार्च १५, २०२०

किरण मरहठ्ठा

महासचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *