२०८१ वैशाख १५ गते | 27th of April 2024

कोरोनाका कारण समस्यामा परेका महिलाहरुलाई सहयोग गर्दै एनआरएनए अमेरीका, महिला समिती

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत १२ गते १७:२८

सरस्वती शर्मा सरु /विस्कन्सिन –  अहिले बिश्व नोवल कोराना भाईरसको सँक्रमणको कारण बिकराल अवस्थामा गुज्रिरहेको छ । यसले बिश्व मानव जिवनलाई तहसनहस पारिरहेको छ । बिश्व भरकै मानव अहिले जोखिम पुर्ण जिवन यापन गरीरहेको अवस्थामा अमेरीकामा बसोबास गर्ने हामि नेपाली पनि अछुतो रहन सकेका छैनौ । नेपाली समुदायले कोभिड नाईन्टिनका कारण नेपाली पनि गुमाउन पुग्यौ । यस्तो बज्रपातको घडिमा थोरै भएपनि मलहम लगाउने हेतुले ओमेन पार्टिसिपेसन एन्ड ईम्पावरमेन्ट कमिटिले केही पहल कदमी चालेको छ । कमिटिले कोरोना भाईरस र त्यसबाट प्रभावित अमेरीकामा रहने नेपाली महिला तथा बच्चाहरुका लागि सहयोग उपलब्ध गराउने , अमेरिकामा भर्खरै आउनु भएका वा यसै समयमा भिषा सकिएका अथवा कोरोनाका कारण कुनै पनि किसिमको समस्या परेका व्यक्तिहरुका लागि ४ वटै क्षेत्रमा हटलाईनको व्यवस्था गरी सहयोग गर्ने एनआरएनए एनसिसि युएसका महिला सँयोजक दिक्षा बस्नेतले जानकारी दिनुभएको छ ।

यस्तै छलफलका क्रममा कोलोराडो राज्यमा बसोबास गर्ने केही नेपाली सुत्केरी दिदि बहिनीहरुलाई बच्चाका लागि आवश्यक डाईपर, खाने फर्मुला को अभाव भएको र उहाहरु आफु हिड्न नसक्ने अवस्था तथा परिवारको सहयोगबाट बन्चित हुनुभएको जानकारी आएका ले नाम गोप्य राखि सहयोगी हात पुर्याउने निर्णय भएको छ । साथै बैठकले एनआरएन एनसिसि सँग समन्वय गरेर हदसम्मको सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेकाले नेपाली समुदायमा कोरोनाका कारण कुनै पनि समस्या परेमा सम्पर्क गर्नुहुन ओमेन पार्टिसिपेसन एन्ड ईम्पावरमेन्ट कमिटिले आग्रह गरेको छ ।

तपाईहरुलाई परेको समस्याका लागि ओमेन पार्टिसिपेसन एन्ड ईम्पावरमेन्ट कमिटिका सदस्यहरुका निम्न लिखित नम्बरहरुमा फोन गरेर सहयोग लिन सक्नुहुनेछ :
दिक्षा बस्नेत (क्यालिफोर्निया)  – ७०७ ५४१ ८९६५
श्रद्धा अधिकारी ( टेक्सस) – ९५४ ५१२ ८९२८
सुन्दरी गुरुङ (न्यु हेम्पसार ) – ६०३ २९६ ५१५४
सरसस्वती शर्मा, सरु  (विस्कन्सिन) – ९२० ५१५ ४९८८
रिचा थापा (वासिन्टन) – २५३ २९२ ८७८९
उर्मिला पँथी (मिस्सोरि ) – ३१४ २८३ ७९९४
यमुना के सि (क्लोराडो ) – ७२० २७२ ७८२०
शान्ति वाग्ले (डेभिस ) – ५३० ४०० ६९२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *