२०८१ वैशाख १५ गते | 27th of April 2024

गैरआवासीय नेपाली संघको मानार्थ परिषदको पहिलो बैठक, एनआरएनएले कोरोना महामारी सहयोगका लागि दिईने रकम बढाईने

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत १५ गते २३:२९

अमेरिका – गैरआवासीय नेपाली संघको मानार्थ परिषद (एनआरएनए माप) को पहिलो बैठक संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्यो । बैठकलाइ संघका महासचिव डा हेमराज शर्माले संचालन गर्नुभएको थियो। बैठकलाइ संबोधन गर्दै संघका अध्यक्ष कुमार पन्तले विगतमा मानार्थ परिषदहरुको बैठक बसिने भएता पनि त्यसको रेकर्ड राखिंदैनथियो। उपरान्त मानार्थ परिषदलाइ पनि संघले सम्मानित रुपमा नियमति गर्दै जाने र यसको रेकर्ड गर्दै जाने कुरा बताउनुभयो। बैठकमा उहाँले कोरोना भाइरसले गर्दा पर्न गएको अध्यागमन, काम गरेर खानुपर्ने स्थितिमा रहेका गैरआवासीय नेपालीहरुको समस्या, परिवार र आपसी समास्य जस्ता कुराहरुमा हाल हामीले सहयोग गर्नुपर्ने अवस्था आएको बताउनु भयो। यसका साथै मातृभूमिको लागि कोरोनाको महामारीका बिरुद्ध काम गर्न नेपाल सरकारलाइ १ करोड रुपैया सहयोग गर्ने प्रतिबध्दता जाहेर गरेको जानकारी गराउनुभयो।

यसमा मानार्थ परिषद सदस्यहरुले पनि सपोर्ट गर्न अनुरोघ गर्नुभयो। यसमा १ करोड नगद र थप सामान किनेर प्रदान गरेन प्रकृया संघका उपाध्यक्ष डा बद्रि केसीको नेतृत्वमा कार्य हुँदै गरेको छ। गठित उच्च स्तरिय कमिटिको बैठक बसीसकेको जानकारी गराउनु भयो। त्यसैगरी कोषाध्यक्ष महेश कुमार श्रेष्ठको नेतृत्वमा कोषमा आर्थिक सहयोग संकलन गर्ने कार्य हुने गरेको बताउनु भयो। यस बाहेक अध्यक्ष पन्तले गैरआवासीय नेपाली नागरिकता, संघका हाल सम्म भएका गतिबिधि, मेगा प्रोजेक्ट, संघको बिल्डिङ रहेको जमिन, पछिलो आर्थिक पारदर्शिताका कुरा लगायतका थुप्रै बिषयमा जानकारी गराउनुभयो।

बैठकमा संघ महासचिवले संघको नयाँ संरचना अनुरुप ८ वटा बिभाग बनाएर काम गर्दै गएको जानकारी दिनुभयो। यो बिभाग भनेको संसदको कमिटिहरु जस्तै हो। यसलाई विकेन्द्रीकरण गर्दै धेरै काम पुरा गर्ने योजना भएको बताउनुभयो। त्यसैगरी सदस्यता सहजीकरण र थप प्रशाशनिक कुरा, समार्ट एनआरएनए प्रोजेक्टका २/३ महिनामा काम सुरु हुने कुरा समेत जानकारी गराउनु भयो। यसैगरी कोषाध्यक्ष महेश कुमार श्रेष्ठले संघको सामान्य खातामा ५ करोड र फिक्स डिपोजिटमा ४ करोड गरेर ९ करोड रकम रहेको। तिर्नुपर्ने ४ करोड भन्दा धेरै छ। लाप्राक र बिल्डिंग लगायतको खर्च जोड्दा केहि रकम अपुग रहेको बताउनु भयो। मेगा प्रोजेक्टमा उठेका रकम भन्दा खर्च बढेको छ। सचिवालय खर्च र अन्य प्रोजेक्टको अपुग खर्च जोड्दा पैसा २५ करोड अपुग हुन आउँछ। श्रेष्ठले संघको अन्तरिक र डिडिए अडित गरको र आर्थिक रिपोर्ट सार्वजनिक गरेको, आर्थिक प्रशाशन नियमावली बनाएको, कर्मचारी नियमावली, प्रोजेक्ट एडप्शन पोलिसी समेत बनाएको जानकारी दिनुभयो।

फ्लोर खोलेपछि उपस्थित सदस्यहरुले अ-आफ्नो धारणा राख्नुभयो। केहि सदस्यहरुले नेपाल सरकारलाइ दिने १ करोड आर्थिक सहायता कोषमा केहि योगदान प्रदान गर्ने प्लेज गर्नुभयो। अन्तमा अध्यक्ष कुमार पन्तले उठेका प्रश्न र जिज्ञासाहरुको जवाफ दिनुभयो। परिषदको पहिलो बैंठक शनिवार मार्च २८, २०२० नेपाली समय साँझ ६:४५ देखि सुरु भएको थियो।

धन्यवाद सहित !

कृष्ण के सी
मानार्थ परिषद सदस्य, सूचना तथा संचार उपसंयोजक
गैरआवासीय नेपाली संघ, संचार तथा प्रकाशन समिति
मार्च २८, २०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *