२०८२ चैत ३ गते | 17th of March 2026

एनआरएनकर्मी केसीद्वारा बिपतमा हजार किलो खाद्धान्न सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत २२ गते ६:२५

काठमाडौं – अमेरिकाका सामाजिक अभियन्ता तथा गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका बोर्ड अफ डाईरेक्टर तिलक केसी तथा उनकी धर्मपत्नी सुनिता हिराचन केसीले दाङ जिल्लाको फुड बैंकमा खाद्यान्न सहयोगको घोषणा गरेका छन् । पेसाले ब्यवसायि केसी दम्पत्तीले कोरोना आतंकका कारण विपन्न परिवारमा पर्ने गएको समस्यालाई ध्यानमा राखी दाङको फुड बैंकमा एक हजार किलो चामल सहयोग गर्ने भएका हुन् ।

प्युठान स्थायि घर भै हाल अमेरिकाको मिलवाकी विसकन्सिनमा रहँदै आएको केसी दम्पत्तीले कोभिड १९ का कारण देशब्यापी लक डाउन लागु भएपछि दैनिक ज्याला मजदुरीबाट छाक टार्नु पर्ने बाध्यता रहेका विपन्न परिवार अप्ठेरोमा पर्न सक्ने बताउँदै यो सहयोगको घोषणा गरेका हुन् ।

दाङ जिल्ला घर भै हाल अमेरिकाको टेक्सासमा रहँदै आएका यूएस खबर डटकमका संचालक संचारकर्मी किशन रेग्मीको पहलमा भएको यस सहयोगप्रति फुड बैंक तुलसीपुरले धन्यवाद ब्यक्त गरेको छ । संचारकर्मी रेग्मीका अनुसार अमेरिकामा रहेका नेपाली समुदाय र मातृभुमी नेपाल यतिबेला कोभिड १९ का कारण अत्यन्त असहज अवस्थामा रहेकाले विश्वको जुनसुकै भुगोलमा रहेका नेपालीहरुले एक अर्कालाई सहयोग गर्नु पर्ने अवस्थाका कारण उनले यस सहयोगका लागि पहल गरेका हुन् । साथै उनले सबैलाई आपसी भातृत्व भावका साथ संकटको यो घडिमा सकेको सहयोग आदन प्रदानका लागि अनुरोध पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *