२०८१ वैशाख १५ गते | 27th of April 2024

एनआरएनए सचिव गौरीराज जोशीको संयोजकत्वमा अमेरिकाज क्षेत्रीय कोरोना महामारी सहयोग समिती गठन

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत २४ गते १:२५

अमेरिका – कोरोना महामारीले सबैभन्दा बढी प्रभावित अमेरिका र यो महामारीले न्यूयोर्कको नेपाली समुदायमा पारेको क्षती एवम अमेरिका र एनआरएनए अमेरिकाज क्षेत्रका नेपाली समुदायलाई आईपर्न सक्ने सम्भावित असरबाट सजग रहन तथा महामारीको प्रकोपबाट प्रभावित परिवारलाई प्रत्यक्ष सहयोग गर्न एनआरएनएका केन्द्रिय सचिव गौरीराज जोशीको संयोजकत्वमा एनआरएनए अमेरिकाज क्षेत्रीय ‘कोभिड – १९, पिडित सहयोग समिती’ बनेको छ ।

एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीको अध्यक्षतामा आज बसेको कन्फेरेन्स बैठकले अमेरिकाज क्षेत्रमा कोरोना महामारी पीडित नेपाली समुदाय र तिनका सदस्यहरुलाई सोझै सहयोग गर्न सचिव जोशीको संयोजकत्वमा एक समिती बनाउने निर्णय गरेको हो । नेपाली समुदायका हितैषी जोशीले संक्रमणको यो दु:खद घडीमा नेपाली समुदायलाई सहयोग गर्न आफुले सक्दो सहयोग गर्ने र सबै बर्गलाई समेटी दु:खमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने जिम्मेवारी लिने बताए ।

अमेरिका, क्यानाडा, चिली लगायतका देशमा सकृय नेपाली समुदायको हितका लागि यस क्षेत्रमा रहेका बिभिन्न संघ-संस्था, हरेक वर्ग र समुदायहरुलाई समेटी गरिने सहयोगमा समस्यामा परेका कोरोना महामारी पीडित नेपाली परिवार र बिद्धार्थी बर्गहरु बिशेष प्राथमिकतामा रहने जनाईएको छ ।

संयोजक जोशीले छिट्टै समिती गठन गरिने र सो समिती कोरोना महामारी सहयोग मात्रै नभएर सम्भावित अन्य विपतका लागि बन्ने हितकारी समुह हुने जनाए । कन्फेरेन्स बैठकमा एनआरएन क्यानाडाका अध्यक्ष लगायत बिभिन्न सामुदायिक अभियान्ताहरुको समेत उपस्थिती रहेको थियो ।

स्मरणीय छ, आरसी राजन त्रिपाठीले यस अघि अमेरिकामा बिशेष गरी न्यूयोर्क नेपाली समुदायलाई परेको महामारी आघातमा मल्हम लगाउन र बिद्धार्थीवर्गलाई सहयोगका लागि २५ हजार डलर सहयोग गर्न एनआरएनए आईसीसी समक्ष अनुरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *