२०८१ वैशाख १५ गते | 27th of April 2024

पूर्वमन्त्री बस्नेतले गरे सिन्धुपाल्चोकमा कार्यरत सम्पुर्ण स्वास्थकर्मीको आवधिक स्वास्थ्य विमा

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २२ गते १४:५१

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पुर्ण स्वास्थकर्मीको आवधिक स्वास्थ विमा गरिदिनुभएको छ ।जिल्लामा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुको लागि घोषणा गरिएको म्यादी स्वास्थ्य बिमाको फाइल र स्वास्थ्य सामाग्री जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईं लाई पुर्वमन्त्री बस्नेतले बिहीबार सिन्धुपाल्चोक सदरमुकाम चौतारामा हस्तान्तरण गर्नुभएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चौतारा लगायत जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ क्षेत्रमा कार्यरत कार्यालय सहयोगी देखि कार्यालय प्रमुख सम्म ६१३ जनाको कोरोना बिमा गरिदिएको कांग्रेस युवा नेता युधिर पौडेलले जानकारी दिनुभयो ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस(कोभिड(१९)को रोकथाम नियन्त्रणका लागि अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी हरुलाई आफ्नो जिम्मेवारीमा लागिरहने हौसलाका लागि यो निर्णय लिएको नेता बस्नेतले बताउनुभयो ।आइएमइ जनरल इन्स्योरेन्स कम्पनीमार्फत गरिएको उक्त बिमाको बिमालेख जिल्ला जनस्वास्थ्य कार्यालयको नाममा हुने र बिमाको अवधी एक बर्षको हुने कम्पनीले जनाएको छ । प्रतिब्यक्ती एक लाख रकम बराबरको उक्त विमा रकमको भुक्तानी विमित स्वास्थकर्मीको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको खण्डमा तत्काल उपलब्ध गराइने आइएमइ जनरल इन्स्योरेन्स कम्पनीका प्रवन्धक नारायण खनालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *