२०८३ असोज १७ गते | 3rd of October 2026

कलि युगको माया बैमानी।

खुल्लामन्च
 प्रकाशित: २०७४ असार १५ गते ०:०९

कमला राना
बिरेन्चोक, गोरखा ।

रिमिझिमी सन्सारको बोक्राभित्र खोक्रा
फोटो हेरेर प्रेम गर्ने सबको गिदि छोक्रा
रुपियाँ र रूपमा लाउने माया ऐलानी
भन्छन् सबै कलियुगको माया बैमानी ।

किताब छोडि गाउछन मायाप्रीति गाना
प्रबिधिको कुनाकाप्चा मायालुको ताना
बाटो छोडी भिरतिर कुन्नी किन जानी
भन्छन् सबै कलियुगको माया बैमानी ।

आफूभन्दा कुनै हिरो छैनन जस्तो गर्छन्
महजस्तो शब्दजालमा तिनी आफै पर्छन
घटियाहरु बिश्वास तोडि पार्छन् खरानी
भन्छन् सबै कलियुगको माया बैमानी।

परिश्रम गर्ने बेला माया गास्दैमा ठिक्क
आज लाको मायाप्रेम भोलि टुट्दा दिक्क
पैसामा बैश किन्नेहरु नै बन्छन हैरानी
भन्छन् सबै कलि युगको माया बैमानी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *