२०८२ फागुन ३० गते | 14th of March 2026

नेकपामा चिनियाँ राजदुतको सक्रियता

खुल्लामन्च
 प्रकाशित: २०७७ असार २३ गते १५:३१

काठमाडौँ –         नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  मा   हाल  देखिएको   बिबाद  मिलाउन   चिनियाँ   राजदुतको  सक्रियता   देखिएको   छ ।  केहि  दिन अघि   नेता  माधब  नेपाल  संग भेट  गरेकी     नेपालका लागि  चीनका राजदूत होउ यान्छीले   मंगलबार    नेकपाका     बरिस्ठ  नेता  झलनाथ   खनाल    संग   भेटवार्ता   गरेकीछन्  ।खनाल निवास डल्लुमा बिहान भएको भेटमा उहाँहरुबीच दुई देशबीचको आपसी हितका बारेमा छलफल भएको जनाइएको छ ।

केहि महिना अघि नेकपामा देखिएको किचलो पनि  राजदुत यान्छीको सक्रियतामा मत्थर  भएको बताईएको  छ  ।  हाल चिनियाँ  राजदुतले  देखाएको  सक्रियतालाई लिएर   विभिन्न  टिका टिप्पणी भईरहेका छन् । भारतीय मिडियाले त्  नेपालमा चीनको हस्तक्षेप  भन्दै  समाचार     प्रस्तुत   गरेका छन् । नेपालको राजनीतिमा भारतको प्रभाव पर्ने गरेको भए पनि  पछिल्लो समय चिनियाँ  प्रभाव बढ्दै गएको   टिप्पणी  गरिएको छ यसको   चिनियाँ  राजदुतको सक्रियताले पनि पुस्ठी गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *