२०८१ वैशाख १५ गते | 27th of April 2024

चार दिन पछि पृथ्वी राजमार्ग आंशिक संचालनमा

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ९ गते १४:५२

काठमाडौँ –     अविरल वर्षापछि सोमबार बाढीपहिरो जादाँ  अबरुद्ध  भएको पृथ्वी राजमार्गमा शुक्रबार दिउँसोबाट  आशिकरुपमा  संचालनमा आएको  छ   ।

सोमबार आएको बाढीपहिरोले धादिङ र चितवन जिल्लाको सीमानामा पर्ने मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्ण रुपमा ठप्प भएको थियो । चार दिनदेखि बन्द रहेको पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे–मुग्लिन सडकखण्डमा शुक्रबार दिउँसोदेखि साना गाडी चल्न थालेका छन् । बाढीले भत्काएको भागमा डिभिजन सडक कार्यालयले नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरेको हो ।

पुलको मर्मतपछि मोटरसाइकल, साना चारपाँग्रे सवारी र एम्बुलेन्स लगायतका सवारी चल्न थालेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार मौवाखोलामा मर्मत गरेर पुलकोे केही भाग बनाइएकाले साना गाडी चल्न थालेका तर मर्मत कार्य सम्पन्न नभएकाले ठूला गाडीहरु चल्न दिइएको छैन । शनिबार बिहानबाट ठूला गाडी पनि चल्ने गरी मर्मतलाई अगाडि बढाइएको रेग्मीले बताउनुभयो ।
पुल मर्मतको काम चलिरहेप नि पहिरोका कारण ठाउँठाउँमा राजमार्ग अवरुद्ध छ । सोमबारको पहिरो पन्छाएर एकतर्फी बाटो सञ्चालन गरिए पनि बिहीबार रातिको वर्षापछि आएको पहिरोले सडकमा समस्या आएको रेग्मीको भनाइ छ । राजमार्गमा पहिरो जानेक्रम नरोकिएकाले गाडी चलाउँदा ओभर टेक नगरी संयमित र सजग भएर सञ्चालन गर्न प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *