२०८२ फागुन १९ गते | 3rd of March 2026

प्रधानमन्त्रीकै सक्रियतामा नेकपा एमाले दर्ता गर्न निबेदन परेको हो : प्रचण्ड

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ९ गते १५:०९

काठमाडौँ –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको बताएका छन् । काठमाडौंमा पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रमा बोल्दै उनले नेकपा संकटपूर्ण अवस्थामा रहेको बताएका हुन् ।

“पार्टी संकटमा छ । मैले ठीकठाक छ भनेँ भने त्यो सत्य हुँदैन,” पुष्पलाल मित्रता केन्द्रले च्यासलमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, “स्थायी कमिटीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा एमाले दर्ता प्रधानमन्त्रीकै सक्रियतामा भएको हो ।”उनले पार्टी फुटाउने उद्देश्यका साथ यो गतिविधि भएको नेकपाका कार्यकतालाई ध्यानाकर्षण गराए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *