२०८२ कार्तिक २८ गते | 13th of November 2025

उपत्यकामा १७ गते मध्यरातसम्म निषेधाज्ञा

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ १० गते ९:०४

काठमाडौं । काठमाडौं उपत्यकामा १७ गते मध्यरातसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको आज बसेको वैठकले यस्तो निर्णय गरेको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय गरिएको बताए ।  प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशअनुसार औषधि र खाद्यवस्तु खरिदबाहेक घरबाट बाहिर निस्कन नपाइने उल्लेख छ ।

काठमाडौं जिल्लाभित्र प्रवेश गर्ने सवारी साधनमा पनि थप कडाइ गरिएको छ ।अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारी साधन काठमाडौं उपत्यका प्रवेश गर्न नदिइने उल्लेख छ । यसअघि भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा आज मध्यराति सकिँदै छ । मंगलबारमात्रै कोरोना संक्रमितको दर बढिरहेको भन्दै उपत्यकाका जनप्रतिनिधिहरुले निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए ।जिल्ला सुरक्षा समितिलाई संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार निर्णय निषेधाज्ञा जारी गर्ने अधिकार छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *