२०८२ फागुन ३० गते | 14th of March 2026

कोरोना संक्रमितको उपचारका लागि तीनै तहमा गरेर कुल ६ हजार २ यस २ बेड थप

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ १३ गते १०:१८

काठमाडौ –  सरकारले कोरोना संक्रमितको उपचारका लागि तीनै तहमा गरेर कुल ६ हजार २ यस २ बेड थपेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार केन्द्रमा एक हजार, प्रदेशमा एक हजार ९ सय ५७ र स्थानीय तहमा ३ हजार २ सय ४५ बेड थपिएको हो।

उनले ६ सय ४९ वटा पालिकाहरूमा पाँच वटाको दरले संक्रमितको उपचारका लागि अस्पताल तयार गरिएको जनाए।पछिल्लो समय संक्रमित संख्या बढेपछि सरकारले संक्रमितको उपचारका लागि अस्पतालको व्यवस्थापन गरिरहेको छ।

उपत्यकाका दुई अस्पतालसहित वीरगन्जस्थित नेसनल मेडिकल कलेजलाई पनि मन्त्रालयले कोभिड अस्पताल तोकेको छ।काठामाडौंका अस्पतालहरूमा जनमैत्री र कान्तिपुर अस्पताल छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *