२०८३ वैशाख १६ गते | 29th of April 2026

सोमवार देखि आन्तरिक उडान सुरु हुने

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज ४ गते १३:३३

काठमाडौं।   करिव ६ महिनाको बन्दाबन्दीपछि आन्तरिकतर्फका निजी वायुसेवा कम्पनीहरुले  सोमवार  देखि उडान भर्न लागेका छन्। बुद्ध एयरका अनुसार सुरक्षित, संक्रमणरहित उडानका लागि तालिम तथा आवश्यक पिपिई उपलब्ध गराइएको छ।

कोभिडसँग मिल्दाजुल्दा कुनै लक्षण भएका यात्रुलाई हवाई उडानमा पूर्ण निषेध लगाएको छ। विमानस्थलमा यात्रुको दोहोरो तापक्रम चेकजाँच, कन्ट्याक्टलेस चेकइन, सामाजिक दुरी, विमान चढ्नु अगावै ह्याण्ड सेनिटाइजेशन तथा हरेक यात्रुलाई मास्क तथा भाइजरको प्रयोग अनिवार्य गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *