काठमाडौं – २४ दिनदेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारले तीन सदस्यको वार्ता समिति गठन गरेको छ । शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगको निर्देशक दिलिप शर्मा सदस्य रहेको वार्ता समिति गठन गरेका हुन् ।
शिक्षा सचिव मैनालीका अनुसार भोलीबाट नै प्रारम्भिक चरणको वार्ता सुरु हुने बताए । शिक्षा सचिवको संयोजकत्वमा डा. केसीसँग वार्ता समिति बनाएको छ ।