२०८२ असोज ८ गते | 24th of September 2025

करोडौंको सुन बरामद

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १ गते १४:२९

काठमाडौ – पर्सा प्रहरीले अवैध रुपमा लुकाइछिपाई राखेको अवस्थामा १८ करोड ३६ लाख ७८ हजारभन्दा बढी मुल्यको २२ किलो पाँच सय ७६ ग्राम सुन आज वीरगंजबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आज दिउँसो वीरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टको तेश्रो तल्लाको ३०३ नम्बर फ्ल्याटमा छापामारी अवैध रुपमा लेकाइछिपाई राखिएको २२ किलो पाँच सय ७६ ग्राम सुन बरामद भएको हो । बरामद गरिएको सुनको बजार मुल्य तोलाको ९४ हजार तीन सयको दरले १८ करोड ३६ लाख ७८ हजार तीन सय ३३ रुपैँया रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तको कमाण्डमा खटिएको गस्ती टोलीले भारत पूर्वी चम्मपारण हरैया निवासी अशोक सिन्हाको बस्ने गरेको फ्ल्याटमा छापामारी स्थानीय जनप्रतिनिधि तथा उद्योगी व्यवसायिहरुको रोहवरमा खानतलासी गर्दा २२ किलो पाँच सय ७६ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । घटनास्थलबाट प्रहरीले एक केजी दरको सुनको विष्कुट १३ थान, सुनको विष्कुट मझौला ४६ पिस ८ केजी ६ सय ७६ ग्राम, सुनको विष्कुट सानो १०० ग्रामको दरले १० पिस १ केजी गरी जम्मा २२ किलो ५ सय ७६ ग्राम छापावाल सुन बरामद गरेको प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

यसैगरी प्रहरीले छ सय ८१ ग्रामको सुनका बिभिन्न गर–गहाना र दुई केजी दुई सय ६२ ग्रामको चाँदीको गर–गहाना तथा थाल लगायत भाडा कुडा बरामद गरेको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो । बीरगंजमा ठूलो परिमाणमा प्रहरीले सुन बरामद गरेको यो पहिलो घटना हो ।विगत तीन दिनदेखि प्रहरीले सो स्थानमा निगरानी बढाएको र फ्ल्याट धनी नभएपछि आज स्थानीय बासिन्दाको रोहवरमा छापामारी गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *