२०८२ असोज २८ गते | 14th of October 2025

कांग्रेसका सांसदले आफ्ना सांसदको खातामा आएको दसैं भत्ता फिर्ता दिने

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक ३ गते १४:५५

काठमाडौ-  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले आफ्ना सांसदको खातामा आएको दसैं भत्ता फिर्ता दिने निर्णय गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार पार्टीका सांसदको भत्तावापतको कूल रकम ४३ लाख २० हजार आठ सय १० रूपैयाँ फिर्ता दिने निर्णय भएको हो।

 

‘कांग्रेसबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यलाई उपलब्ध गराइएको दसैं भत्तावापतको रकम कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको छ,’ खाँणले भने, ‘४३ लाख २० हजार आठ सय १० रूपैयाँ जनताको उपचारका लागि संघीय संसद सचिवालयमार्फत नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिन्छ।’सरकारले महामारीका बेला सांसदलाई भत्ता दिने निर्णय उचित नभएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *