अमेरिका- नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा यति वेला अमेरिकामा छन । अमेरिकी राष्ट्रपतिको निर्वाचन अवलोकनका लागि अमेरिका आईपुगेका प्रवक्ता शर्मा यो सँगै पार्टीगत र अन्य भेटघाटमा समेत व्यस्त रहेका छन ।
सामाजीक संजालमा आफना गतिविधि, भ्रमण र भेटघाटका तस्वीरहरु पनि उनले पोष्ट गरिरहेका छन । प्रवक्ता शर्मा आगामी शनिवार लस एन्जलस आउने कार्यक्रम रहेको छ । उनी कार्तिक १२ गते संयुक्त राज्य अमेरिका आएका हुन ।