२०८१ वैशाख १६ गते | 28th of April 2024

पार्टी एकताको रक्षाका लागि पटक पटक आग्रह गरेको छु : प्रचण्ड

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक २१ गते १३:०५

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको रक्षाका लागि आफूले अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक पटक आग्रह गरेको बताउँदै फेरि पनि आग्रह गर्ने बताएका छन् । नेकपा सचिवालयका बहुमत सदस्यको अनौपचारिक छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । “मैले पार्टी एकताको रक्षाका लागि पटक पटक आग्रह गरेको छु । फेरि पनि आग्रह गर्छु,” उनले भने ।

यसै वीच प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतले पार्टी कमिटीको बैठक राखे पार्टी विभाजन हुने चेतावनी दिएपछि नेकपा सचिवालयका पाँचजना (बहुमत) नेताहरू हच्चिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरूले सहमतिमा बैठक डाक्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्ने निर्णय गरेका हुन् ।  पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रबार अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको अनौपचारिक बैठक बसेको थियो । केन्द्रीय कमिटी र भदौ २६ गतेको पाँचौं स्थायी कमिटीको म्यान्डेटअनुरूप प्रचण्डले कार्यकारी अध्यक्षको हिसाबले बैठक राख्न सक्ने भए पनि पार्टी एकतालाई जोगाउन अनौपचारिक बैठक गर्नुपरेको नेताहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *