२०८२ कार्तिक २९ गते | 14th of November 2025

अमेरिकामा फाइजर र बायोएनटेकले बनाएको कोरोनाभाइरसविरूद्ध खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर २७ गते ११:२२

एजेन्सी -अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडिएले फाइजर र बायोएनटेकले बनाएको कोरोनाभाइरसविरूद्ध खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। ट्रम्प प्रशासनले पहिलादेखि नै एफडिएलाई खोप अनुमतिको लागि दबाव दिएको बताइएको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार एफडिएका प्रमुख स्टेफन हानलाई शुक्रबारसम्म खोपलाई अनुमति दिन वा राजीनामा दिन भनिएको थियो। अमेरिकी स्वास्थ्यमन्त्री एलेक्स अजारले फाइजरसँग मिलेर सोमबार वा मंगलबारदेखि खोप कार्यक्रम सुरू गर्ने बताएका छन्।फाइजरको खोपलाई बेलायत, क्यानडा, बहराइन र साउदी अरेबियामा अनुमति दिइसकिएको छ।अमेरिकामा कोरोनाले पौने तीन लाख बढी मानिसको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *