टेक्सास – एनआरएनए अमेरिकाले क्षेत्रीय संयोजक पद खारेज गर्ने निर्णय गरेको बजार हल्लासंगै आगामी निर्वाचनका लागि सदस्यता वितरण गरिने प्रकृयाको बारेमा विवाद सिर्जना भएको छ ।
एनआरएन आईसिसीले लागु गर्ने सदस्यता प्रकृयाभन्दा पृथक रहेर ‘स्मार्ट एनआरएन’ को नियम लागु नगरी आफ्नै तवरले चुनाव केन्द्रित रहेर सदस्यता वितरण गर्न थालेपछि एनआरएनए अमेरिकाभित्रै विवाद शुरु भएको छ ।
एनआरएनए अमेरिकाका क्षेत्रीय संयोजक बिकास उप्रेतीले आईसिसीको निर्देशन विपरित एनआरएनए अमेरिकाले वितरण गरेको सदस्यता नलिन अपिल गरेका छन् ।
एनआरएनए अमेरिकाका क्षेत्रीय संयोजक बिकास उप्रेतीद्वारा जारी वक्तव्य :
हार्दिक अपिल ।
सम्पुर्ण एनआरएन साथीहरु नमस्कार,
सबैभन्दा पहिला त हाम्रो यस अभियानलाई यंहासम्म ल्याउनुहुने सम्पुर्ण अग्रजहरुमा सम्मान ब्यक्त गर्दै यस अभियानको बिभिन्न स्थानमा रहेर काम गर्नुहुने सबैमा आभार
अनि सम्मान ब्यक्त गर्न चाहन्छु ।
सम्पुर्ण एनआरएन साथीहरु,
यतिबेला बिशेष गरी अमेरिकामा रहेका एनआरएन साथीहरु बिच सदस्यता बितरणको बिषयलाई लिएर ठुलो अन्यौलता सृजना भएको महशुष मैले गरेको छु । एनआरएन साथीहरु, हामी जंहा सुकै रहेर यस अभियानमा सकृय भएको भए पनि आखिर हामी एउटै छातामा रहेका सदस्यहरु हौं भन्ने कुरा सबैले बिर्सनु हुंदैन ।
यदि हामीले आफुलाई अनुकुल पर्ने काम पर्दा आईसीसीमा धेरै अधिकार खोज्ने अनि आसीसीका नियमका कुरा गर्दा अमेरिकाको संस्था हौं भन्ने जस्ता गैर जिम्मेवार कुरा गर्ने हो
भने यो अभियानलाई हामीले राम्ररी नबुझेको वा आत्मसात नगरेको हो भन्ने ठहर्छ ।
यतिबेला आसीसीले सबै एनआरएनहरुलाई एउटै प्रणालीमा राखेर सदस्यताको रेकर्ड राख्ने कार्यक्रम सहित तत्काललाई सदस्यता नबाउन परिपत्र गरिसकेको अवस्थामा हाललाई
कसैले पनि अमेरिकामा सदस्यता नबन्नु हुन र नबाड्नु हुन बिनम्र अनुरोध गर्दछु ।
पक्कै पनि संस्थाको सदस्याता संख्या बढ्नु खुशीको कुरा हो तर स्वार्थ केन्द्रित सदस्यता बांड्नु भने कदापी संस्थाको हितमा हुने छैन ।
अन्त्यमा, सम्पुर्ण अग्रज तथा साथीहरुलाई आफ्नो स्वार्थ भन्दा माथी उठेर संस्थागत हितमा सोचेर काम गर्नुहुन समेत अनुरोध गर्दछु ।
धन्यबाद सहित ।
बिकास उप्रेती
क्षेत्रीय संयोजक
एनआरएन अमेरिका ।
amciik siteleri tthighereduhryyy.ChP79ywIFYP
Wow, marvelous weblog format! How lengthy have you
ever been blogging for? you made blogging look easy.
The overall glance of your web site is wonderful, let alone the content material!
You can see similar here e-commerce
canadian pharmacy 365
online pharmacy 365 pills