२०८२ चैत १ गते | 15th of March 2026

बेलायतबाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष ८ गते १३:२९

काठमाडौँ – सरकारले संयुक्त अधिराज्य बेलायतबाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँबाट आउने व्यक्ति अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न अनुरोध गरेका छन्।

उक्त नयाँ जातको प्रजातिको भाइरसको रोकथाम र नियन्त्रणका लागि यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत वा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबै अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्नुहुन उनले अनुरोध गरे। उनले त्यहाँ देखिएको नयाँ प्रजातिको कोभिड–१९ को भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले प्राथमिकतासाथ काम गरिरहेको बताए।

मन्त्रालयका प्रवक्ता डा गौतमले नेपाल प्रवेश गरेको मितिले सात दिनदेखि १० दिनभित्र नजिकको सरकारी स्वास्थ्य प्रयोगशालामा गई पिसिआर परीक्षण गराउनसमेत अनुरोध गरे। मन्त्रालयले यसरी आउने व्यक्तिको निःशुल्क परीक्षणको व्यवस्थासमेत मिलाउन सरकारी प्रयोगशालालाई भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *