२०८२ फागुन २९ गते | 13th of March 2026

जोकरको हातमा कुर्सी

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष २३ गते १२:४७

काठमाडौ  – शिल्पी नाटकघरले प्रदर्शन गरेको  नाटकले प्रतीकात्मक रूपमा एउटा जोकरको हातमा कुर्सी पर्‍यो भने कस्तो हुन्छ भनेर देखाउन खोजेको छ  । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको विरोधमा माइतीघरमा ‘प्रतिगमनविरूद्ध बृहत नागरिक आन्दोलन’ क्रममा शिल्पीले आफ्नो सहभागिता जनाएको हो। 

नाटक निर्देशक घिमिरे युवराज उक्त नाटकबारे  भन्छन्, ‘हामीले सत्तामा त्यस्ता मान्छे पुर्‍यायौं जो नाटकमा देखाइएको जोकर जस्ता छन्। उनीहरूसँग कुनै बाह्य खुबी र चेतनाको स्तर छैन।’ ‘आज जो सत्तामा छन्, उनीहरू पनि कुनै समय आम नागरिक थिए। तर सत्तामा पुग्ने बित्तिकै तानाशाही प्रवृत्ति देखाउन थाले। लोकतन्त्र त आम नागरिकको हितमा हुनुपर्ने हो। तर उनीहरूले आफ्नो स्वार्थका लागि मात्र काम गरिरहेका छन्। उनीहरूलाई खबरदारी गर्न पनि हामी सडकमा आएका हौं।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *