२०८२ पुष २९ गते | 13th of January 2026

समुद्रमा हराएको यात्रुवाहक विमानका ब्ल्याक बक्सहरू भएको स्थान पत्ता लाग्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष २६ गते १४:२९

          जकार्ता – इन्डोनेशियाका अधिकारीहरूले शनिवार जकार्ताबाट उडेको केही छिनमै समुद्रमा हराएको यात्रुवाहक विमानका ब्ल्याक बक्सहरू भएको स्थान पत्ता लागेको जानकारी दिएका छन्। यसअघि जलसेनाले उक्त विमान दुर्घटनाग्रस्त भएको भन्ठानिएको क्षेत्र पत्ता लगाएको थियो। श्रीविजया एयरजेटको उक्त बोइङ ७३७ विमानमा चालकदलका सदस्यसहित कुल ६२ जना सवार थिए। उक्त विमान देशको पश्चिम कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको चार मिनेटमै रेडारको सम्पर्कबाट बेपत्ता भएको थियो।

विमान खोज्नका लागि जलसेनाका पौडीबाजसहित १० वटाभन्दा बढी पानीजहाज परिचालन भएका छन्। विमानको भग्नावशेष ठानिएका सामग्रीहरूको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *