२०८२ असोज ६ गते | 22nd of September 2025

साधरण सदस्य पनि रहेनन प्रधानमन्त्री ओली

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ ११ गते १४:३७

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यालय पेरिस डाँडाँमा बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्ने निर्णय गरेको हो ।  ओलीले राष्ट्र र पार्टी हितका विरुद्ध गतिविधि गरेपटि पार्टीले लिएको स्पष्टीकरणको जवाफ नदिएपछि उनलाई साधारण सदस्यता समेत नरहनेगरी कार्वाही गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।   प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर चुनावको घोषणा गरेपछि  दाहाल–नेपाल समूहले यसअघि ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *