२०८३ साउन २९ गते | 14th of August 2026

महाअभियोग बाट जोगिए ट्रम्प

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २ गते १४:२५

अमेरिका – अमेरिकी माथिल्लो सदन सिनेटले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि लागेको महाभियोग पारित गर्न आवश्यक दुई तिहाइ समर्थन जुटाउन असफल भएको छ। ६ ज्यानुअरीमा अमेरिकी संसद् भवनमा भएको हमलालाई ट्रम्पले उक्साएको भन्दै उनीमाथि महाभियोग लगाइएको थियो।महाभियोगको पक्षमा सातजना रिपब्लिकनसहित बहुमत सिनेट सांसद्हरू थिए।

तल्लो सदनले उनीविरूद्ध महाभियोग पारित गरिसकेको थियो।पक्षमा ५७ र विपक्षमा ४३ मत खसेको थियो। सिनेटको मतदानमा ट्रम्पविरूद्धको महाभियोग पारित हुनका लागि आवश्यक हुने ६७ मतमध्ये १० मत पुगेको थिएन। अभियोगमुक्त भएपछि महाभियोग सुनुवाइको आलोचना गर्दै ट्रम्पले त्यसलाई एउटा विज्ञप्तिमार्फत् इतिहासकै सबैभन्दा नराम्रो कारबाही बताए।दोषी ठहर भएको भए सिनेटले उनलाई राष्ट्रपति पदको लागि पुन: चुनावमा उठ्ने बाटो बन्द गरिदिनका लागि मतदान गर्न सक्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *