२०८२ फागुन ९ गते | 21st of February 2026

कांग्रेस नेता रामहरी जोशीको निधन

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २९ गते १६:४७

काठमाडौं २९ असार । कांग्रेसका नेता रामहरी जोशीको निधन भएको छ । ९३ बर्षको उमेरमा धापासी स्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा विहिबार निधन भएको हो ।
यसअघि स्वासप्रस्वासको समस्याबाट ग्रस्त जोशीलाई असार २७ गते ललितपुरको अल्का अस्पतालमा भर्ना गरिएको थियो। अल्काबाट उनलाई असार २१ गते ग्रान्डी अस्पताल रिफर गरिएको थियो।

सर्लाही स्थायी घर भएका जोशी विसं २००३ मा कलकत्तामा नेपाली कांग्रेस स्थापना भएदेखि नै पार्टीमा सक्रिय थिए। त्यतिबेलादेखि नै उनी प्रजातन्त्रप्राप्तीको आन्दोलनमा निरन्तर सहभागी थिए। उनी २०५३ सालमा भएको कांग्रेसको नवौं र दशौं महाधिवेशनमा पार्टी सभापतिमा उठेका थिए। उनी पूर्व शिक्षा तथा पर्यटन मन्त्री समेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *