२०८२ असोज ६ गते | 22nd of September 2025

ओली तिरै फर्किने नेपाल खनाल पक्षको निर्णय, एमालेमै रहेर ओलीसँग लड्ने निष्कर्ष

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २४ गते १३:४७

काठमाडौ – सर्बोच्चको आईतबारको फैसला पछि सत्तारुढ दल भित्र फेरी अर्को तरंग उत्पन्न भएको छ । नेकपा नामको दल अर्कै व्यक्तिको नाममा दिने निर्णयले तत्कालिन एमाले र माओवादी केन्द्र ब्युतिएँ पछि विशेष गरि एमालेका नेता कार्यकर्ताले खुसी मनाई पार्टी कार्यलयमा समेत नयाँ बोर्ड राख्दै गरेको अवस्थामा आज बसेको  प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ। पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए। पत्रकारलाई छोटकरीमा जानकारी दिएपछि ‘फेरि भेटौंला’ भन्दै उनी बाहिरिएका छन ।

नयाँ परिस्थितीमा   एमालेमै रहेर पनि ओलीसँग लड्न नेपाल समूह सक्षम रहेको  निष्कर्षमा उनीहरु पुगेका छन । केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ। त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *