२०८३ असोज २८ गते | 14th of October 2026

ओलीको चियापानमा नेपाल पक्षलाई निम्तो

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १ गते १४:३३

काठमाडौँ- नेकपा एमाले माधव नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको भोलिपल्ट अध्यक्ष केपी शर्मा ओलीले त्यसको अघिल्लो दिन अर्थात आगामी चैत्र ३ गते बालुवाटारमा चियापानको कार्यक्रम राखेका छन्। ओलीको सचिवालयका तर्फबाट उक्त चियापानको निम्तो ओली र नेपाल दुवै पक्षका नेताहरुलाई गरिएको छ। नेपाल पक्षले ४ गते आयोजना गर्ने भनेको राष्ट्रिय कार्यकर्ता भेला चैत्र ५ गते पनि गर्ने निर्णय गरेको छ।

ओलीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीको चियापानको निम्ताको एसएमएस आफूहरुलाई पनि आएको नेपाल पक्षका नेताहरुले बताएका छन्।नेपाल पक्षका राजेन्द्र राईले चियापानको निम्तो आफूहरुलाई पनि आएको पुष्टि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *