२०८२ असोज ६ गते | 22nd of September 2025

खरेलले छाडे महान्याधिवक्ता, नयाँ महान्याधिवक्ता रमेश बडाल

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ६ गते १३:०३

काठमाडौं –  प्रतिनिधीसभा बिघटनको निर्णयमा भएको बहसका क्रममा बलियो तर्क प्रस्तुत नगरे पछि महान्याधिबक्ता अग्नि प्रसाद खरेल सँग अस्नतुष्ट बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले खरेललाई राजीनामा दिन लगाई नयाँ महान्याधिबक्ता समेत नियुक्त गरेका छन । नयाँ महान्याधिबक्ताको जिम्मेवारी काभ्रेका रमेश बडालले समाल्ने भएका हुन । महान्यायाधिवक्ता अग्नि खरेलले आफू अब राजनीतिमा फर्किने  शुक्रबार  महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन  गरि वताए  । खरेलले आफूले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएको जानकारी गराए । ‘प्रधानमन्त्रीलाइृ भेटेर राजीनामा दिएर आएको छु’ उनले भने ‘प्रधानमन्त्रीसँग छलफल गरेर यो (राजीनामा) गरेको छु ।’

विगतमा जे गरेको थिएँ, साविककै तिर जाने आशयका साथ राजीनामा दिएको छु , अब बाँकी जीवन राजनीतिक जीवनमै फर्किन्छु ’उनले  भने । पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *