२०८३ जेठ १० गते | 24th of May 2026

यसरी गरियो राजकुमार फिलिपको अन्तिम बिदाई

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ५ गते १४:५५

  लण्डन –  ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीया, उनको परिवार र पूरै ब्रिटेनले उनका पति राजकुमार फिलिपको शनिवार विन्ड्सर कासल परिसरमा अन्तिम बिदाइ गरेका छन्।  सेन्ट जोर्जेज् च्यापलमा गरिएको अन्तिम संस्कारमा महारानी सबैभन्दा नजिक एक्लै बसेकी थिइन्। उनका जेठा छोरा प्रिन्स अफ वेल्स र बुहारी विपरीत बसेका थिए।

 

उनको शव प्राइभेट च्यापलबाट सेन्ट जोर्जेज् च्यापलसम्म लगिँदा राजपरिवारका नौ प्रमुख सदस्यहरू शवपेटिका राखिएको ल्यान्ड रोभर कारको पछिपछि हिँडेका थिए। त्यसरी हिँडेकामध्ये तेस्रो लहरमा ड्यूक अफ केम्ब्रिज र राजकुमार ह्यारी पनि थिए। राजकुमार फिलिपको शोकमा एक मिनेटको मौनधारणअघि महारानीको गाडी आइपुगेको थियो। राजकुमार फिलिपलाई बिदाइ गर्न केही सर्वसाधारण उपस्थित भए पनि कोभिड प्रतिबन्धका कारण त्यहाँ भिड थिएन।  (बिबिसी )

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *