२०८२ फागुन २८ गते | 12th of March 2026

एकै दिन १ हजार ७ सय ३६ जनामा कोरोना सङ्क्रमण थपिए, ११ जनाको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ७ गते १३:३९

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार  ७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ हजार ५५ नमूनाको पिसिआर परीक्षण र ६८३  जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट एक हजार ६ सय ६७ जना र एन्टिजेन विधिबाट ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ। गत २४ घण्टामा २५१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७५ हजार ८०६ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै देशभर ९२ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १०२ जना पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *