२०८१ वैशाख ३१ गते | 13th of May 2024

ओहायो, मिचिगन र विस्कन्सन : लामिछाने समुहको यो सप्ताहन्तको भ्रमण

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ३० गते २०:१२

टेक्सास – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका उमेदवार कृष्ण लामिछाने र उनको समुह आफनो निर्वाचन प्रचीर तथा स्थानिय समुदायसंगको अन्तर्कृयात्मक कार्यक्रमका लागि मिचिगन, ओहायो र विस्कन्सन राज्य पुग्दैछन् ।

यसै महिनाको दुई अन्तिम दिन २९ र ३० तारिख हुन गैरहेको एनआरएनए अमेरिकाको निर्वाचन र यसले निर्वाचित गर्ने नयां कार्यसमितिमा आफ्नो समुहको जितका लागि लामिछाने, वरिष्ठ उपाध्यक्ष पदका उमेद्वार तथा वर्तमान उपाध्यक्ष कृष्णजिवी पन्थ, महासचिव पदका उमेद्वार विनोद भट्ट पनि समुहको जितका लागि हातेमालो गर्न यी तीन राज्यमा पु्ग्दैछन् ।

लामिछानेको साथमा उपाध्यक्ष पदका उमेदवारहरु विकास उप्रेती, चन्द्र लामा, प्रविन केसी र पुर्ण वानियां, सचिव पदका उमेदवार द्रोण गौतम, आईसिसी सदस्य पदका उमेदवार रामबाबु पान्डे, रविन बज्राचार्य, सचिव पदकी उमेदवार सुनिता कंडेल सापकोटा, युवा संयोजक पदका उमेदवार विजय ‘ओम’ गुरुगं, लगायत लामिछाने समुहलाई समर्थन गर्ने उमेदवारहरु ती राज्यहरु जांदैछन् ।

विभिन्न नेता, समुह र समुदायको समर्थनले बलियो बन्दै गएको लामिछानेको यो तीन राज्यको तीन भ्रमणले समुहलाई थप बल मिल्ने आश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *