२०८२ फागुन २८ गते | 12th of March 2026

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि पहिलो सुनुवाइको पेशी शुक्रबारका लागि तोकियो

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ११ गते १५:०६

काठमाडौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि पहिलो सुनुवाइको पेशी शुक्रबार तोकिएको छ। सर्वोच्च अदालतको मुद्दा महाशाखाका अनुसार शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।

हरेक दिन बुधबार र शुक्रबार संवैधानिक इजलासमा दर्ता भएका निवेदनको पहिलो सुनुवाइ गरिने कार्यविधि रहेको छ। उक्त कार्यविधिअनुसार बुधबार सुनुवाइ हुनसक्ने भए पनि उक्त दिन सार्वजनिक बिदा परेकाले शुक्रबारलाई पेशी तोकिएको हो। कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलका १४६ जना सांसदले प्रतिनिधि सभा विघटनको विरुद्ध सोमबार रिट दर्ता गराएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *