२०८२ फागुन २८ गते | 12th of March 2026

खोप खरिदका लागि सरकार तीव्र रुपमा अघि बढदै

खुल्लामन्च
 प्रकाशित: २०७८ असार १३ गते १५:१०

काठमाडौँ – छिमेकी मुलुक भारतसँग खरिद गरेको खोप पाउन ढिला भएपछि र कोभिड-१९ संक्रमणका कारण ९ हजार भन्दा बढीको मृत्यु भइसकेपछि मुलुकभित्र खोपको अत्यधिक माग रहेकाले सरकार खोप खरिदका लागि तीव्र रुपमा लागिपरेको छ । कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका करिब १५ लाख मानिस रहँदा कोभिड संक्रमणको उच्च जोखिम बढ्ने भएकाले पनि खोप खरिद गर्न सरकारले कोभ्याक्स सुविधा अन्तर्गतबाट खोप पाएको पाँच महिना पछि कोभ्याक्सँगै खोप खरिद गरिने प्रक्रिया अघि बढाएको छ । कोभ्याक्समा विभिन्‍न मुलुकले उत्पादित खोप एकै ठाउँमा राखेर बिक्री गर्छन् ।  यसअघि नेपालले कोभ्याक्स कार्यक्रमबाट नेपालमा फागुन ७ गते खोप पाएको थियो । सरकारले कोभ्याक्स अन्तर्गत निशुल्क खोप पाउन ढिला भएपछि खरिद गर्न तयारी गरेको हो । मुलुकमा कोभिडविरुद्धको खोपको आवश्यकता बढ्दै गएको र अन्य विधिबाट तत्कालै खोप पाउने अवस्था नरहेकाले सरकारले कोभ्याक्ससँग खोप खरिदका  लागि छलफल अघि बढाएको छ । कोभ्याक्स कार्यक्रमबाट २० प्रतिशत खोप निशुल्क पाउने भए पनि अन्य खोपका लागि खरिद गर्नलाई तयारी गरेको हो ।

नेपालमा कोभिडविरुद्धको खोप कोभ्याक्स कार्यक्रमबाट पाउने अवस्था रहदा पनि तत्कालै महामारीको समयमा नआउने जस्तै निश्‍चित छ । कोभ्याक्स सुविधाबाट खोप प्राप्‍त गरेमा पनि  सन् २०२२ सम्ममा नेपालमा खोप आउने भएको छ । तत्काल खोप पाउने अवस्था नरहेकाले विभिन्न माध्यमबाट खोप पाइने भएकाले कोभ्याक्सबाट खोप खरिद गरिने प्रक्रिया अगाडि बढाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका डा. तारानाथ पोख्रेल बताउँछन् । विश्‍व बैंक र एशियाली विकास विकास बैंकबाट उपलब्ध रकमबाट खोप खरिद गर्न लागिएको उनले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *