२०८२ चैत ६ गते | 20th of March 2026

देउवा सरकारको पहिलो निर्णय सबैलाई निशुल्क खोप

खुल्लामन्च
 प्रकाशित: २०७८ असार २९ गते १६:१६

काठमाडौं-  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ। मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले संसदीय मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *