२०८२ फागुन २८ गते | 12th of March 2026

जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १० गते १०:२०

काठमाडौँ – जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ ।  उहाँको  ७८ वर्षको उमेरमा बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आज बिहान १२ः३० बजे निधन भएको जनसाँस्कृतिक महासङ्घ नेपालका संयोजक सरल सहयात्रीले जानकारी दिनुभयो

केही दिनअघि मतिष्कघात भएर उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उहाँलाई कलंकीस्थित घरमा एक्कासि लडेपछि बयोधा अस्पताल लगिएको थियो । उहाँलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो । साङ्गीतिक क्षेत्रमा सक्रिय रहनुभएका टुहुरेले सयौँ सङ्ख्यामा जनवादी गीत गाउनुभएको छ । उहाँको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भई’ लगायतका गीत चर्चित छन्।

उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *