२०८२ असोज २५ गते | 11th of October 2025

निधिलाई हतार, लिगेसी बोकेका दूई नेतालाई उछिन्दै खोले महाधिवेशन लक्षित सम्पर्क कार्यालय

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ११ गते १४:५१

काठमाडौं –  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मंसिरमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने गरी सम्पर्क कार्यालय खोलेका छन् । तीन नेता निधी , सशाकं कोइराला र प्रकाशमान सिहं  बीच  पटक पटक भएका बार्तामा सहमतिमा उम्मेदवारी घोषणा गर्ने भद्र सहमति भए पनि हतारमा हौसिएर नीधिले आज उम्मेदवारी घोषणा गर्दे सम्पर्क कार्यालय खोलेका हुन । केन्द्रिय तहका नेताहरु खासै नदेखिए पनि मधेसवाट केही कार्यकर्ताहरु नििधको कार्यक्रममा सहभागी भएका थिए । काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा शुक्रबार निधिले शुभ साइत हेराएरै सम्पर्क कार्यालय खोले।  मन्दिरहरूका पूजारी, मस्जिदका मौलाना र गुम्बाका लामाहरू निधिले सम्पर्क कार्यालय खोल्दा उपस्थित रहेका थिए। सनातन धर्मअनुसार पूजापाठ गरेर आज बिहान ९ बजेदेखि आफूले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको निधिले बताए।

निधिले  बैंक्वेट नै भाडामा लिएर कार्यालय खोलेका हुन्। जहाँ पुराना नेताहरूका फोटा सजाइएका छन् भने सातै प्रदेशका लागि बेग्लाबेग्लै कोठा पनि छ। निधिकाअनुसार आज २१ ताराको पूजा पनि गरियो, यसो गरिनु राम्रो भएको निधिले कार्यक्रममै बताए। निधिलाई ज्योतिष र पञ्चाङ्ग निर्णायक समितिका सदस्यले पनि शुभकामना दिएका रहेछन्, सभापतिमा उठ्नका लागि। निधिले कांग्रेस सभापतिमा उठ्ने तयारी गरेको एक वर्षभन्दा धेरै भइसक्यो। यसबीचमा उनले सभापति शेरबहादुर देउवालाई नै तीन पटकसम्म भेटेर आफू सभापति उठ्ने र सहयोग गर्न भनेका थिए। देउवाकै समर्थनमा सभापति उठ्ने निधिको चाहना थियो।

सभापतिमा देउवाले आफू नै अब एक कार्यकाल उठ्ने भनेपछि निधिले अब देउवाको बाटो हेर्न छाडिदिएका छन्। उनले सम्पर्क कार्यालय खोलेर पनि यो कुरालाई थप पुष्टि गरेका छन्। निधिले आज औपचारिक रूपमा आफू सभापति उम्मेदवार भन्ने कुरा घोषणा भने गरेनन्। यतिमात्र भने- केन्द्रीय सभापति पदमा उम्मेदवारी दिने तयारी गरेको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *