२०८१ वैशाख १६ गते | 28th of April 2024

केएल दुगढको गोदाममा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा, आगलागीबाट करोडौँको क्षति

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ७ गते १४:५७

 
काठमाडौं ७ साउन । बाँके जिल्लाको भुजइ गाउमा रहेको केएल दुगढ ग्रुपको गोदामा भिषण आगलागी भएको छ । शनिबार दिउसो चार बजेबाट सुरु भएको आगालागी साँझ सात बजेमात्र नियन्त्रणमा आएको छ । आगलागीबाट करोडौं रुपैयाँ बराबरको खाद्यन्न जलेर नष्ट भएको छ। गोदाममा रहेका दाल, चामल, तेल लगायत ठूलो परिमाणको खाद्यन्न नष्ट भएको दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाजेडले जानकारी दिए।

नेपालगन्ज उपमहानगरपालिका र गुलरिया नगरपालिकाबाट आएका २ वटा दमकलको सहायतामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी आगो नियन्त्रणमा खटिएका थिए। आगलागी भएको २ घण्टापछि करिब ३ किलोमिटर टाढा रहेको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जको दमकल आएपछि आगो नियन्त्रणमा आएको थियो। प्रहरी, सेना, सशस्त्र प्रहरी र दमकलको ठूलो प्रयासबाट आगो नियन्त्रणमा आएको बाँकेका प्रहरी प्रमुख टेक प्रसाद राईले बताए। आगलागीको कारण नखुलेपनि विद्युत सर्ट भएर आगलागी भएको आशंका गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *